दफा १३
लिखत जाँच गर्ने
अदालतसमक्ष दर्ताका लागि पेस भएका लिखत सम्बन्धित अधिकारीले देहाय बमोजिम भए नभएको जाँच गर्नु पर्नेछः-
(क) कानून बमोजिमको रित र ढाँचा मिलेको वा नमिलेको,
(ख) हदम्याद वा म्यादभित्र भएको वा नभएको,
(ग) अदालतको अधिकारसक्षेत्र भित्र पर्ने वा नपर्ने,
(घ) हकदैया भएको वा नभएको,
(ङ) कानूनी आधार भएको वा नभएको,
(च) लेखाईमा कुनै अशुद्धि, अपूर्णता वा अस्पष्टता भएको वा नभएको,
(छ) अङ्ग र अक्षरमा फरक परेको वा नपरेको,
(ज) शिष्ट भाषामा लेखिएको वा नलेखिएको,
(झ) लिखतको विद्युतीय प्रति पेस गरेको वा नगरेको,
(न) पुच्याउनु पर्ने अन्य रीत पुगेको वा नपुगेको ।